धरान : मुक्कुमलुङ केबलकारको विवादको कारण हिजो बिहीबार राती ताप्लेजुङमा गाडी तोडफोड, चालकलाई कुटपिटको विरोधमा यातायात व्यवसायीहरूले नै ताप्लेजुङ रुटमा चल्ने सबै नाकाहरूको यातायात सेवा बन्द गरेका छन् ।

ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा.ली.ले हिजै राती विज्ञप्ति जारी गर्दै यातायात बन्दको जानकारी गराएको हो ।

विज्ञप्तिमा पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको सन्दर्भलाई लिएर केबलकार खारेजी पक्षले मे-१-ज-२५७९ नम्बरको सवारी साधनमा क्षति पुर्‍याउनु साथै चालक राजकुमार पौडेललाई मरणासन्न हुने गरी कुटपिट गरेको उल्लेख छ ।

उक्त घट्नाको सवारी चालक मजदुर सङ्घद्वारा घोर भर्त्सना गर्दै फागुन ९ गते १२ बजे देखी मेची राजमार्ग, तमोर करिडोर र धरान-बसन्तपुर-गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडकका साथै जिल्लाका अन्य शाखा सडकहरूमा समेत चल्ने सम्पूर्ण यातायातका साधन बन्द गरिएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

yatayat-mukkumalung