वराहक्षेत्र : सुनसरीको वराहक्षेत्रमा दोस्रो जिल्ला स्तरीय खुल्ला डुङ्गा (लाउ) रेस प्रतियोगिता हुने भएको छ ।
वडा नं.नम्बर २ सिसौली तारघाट स्थित सप्तकोसी नदीमा दोस्रो संस्करणको जिल्ला स्तरीय खुल्ला डुङ्गा (लाउ) रेस प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिता

नेपाल माझी उत्थान सङ्घ वराहक्षेत्र नगर कार्यसमिति सुनसरीकोको आयोजनामा फागुन १७ गते सोमबार आयोजना हुनेछ । प्रतियोगिता बारे शनिवार प्रतियोगिता हुने स्थानमा पत्रकार भेटघाट आयोजना गरेर आयोजकले जानकारी दिएको थियो ।
पत्रकार सम्मेलन कार्यक्रममा वराहक्षेत्र नगरपालिका वडा नं.७ का अध्यक्ष तथा वराहक्षेत्र नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्य प्रमुख अतिथि रहेका थिए ।
कोसी पूजा (लदिपुजा) अवसर कोसीमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको नेपाल माझी उत्थान सङ्घ वराहक्षेत्र नगर कार्यसमितिका अध्यक्ष गुमानसिंह माझीले जानकारी दिए ।
आफ्नो जातीय माझीहरूको प्राचीन पेसा डुङ्गा नाउलाई संरक्षण र संवर्द्धन बारेमा सचेत गराउने उद्देश्यका साथ ढुङ्गा नाउ को संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गरिएको उनले बताए ।
वराहक्षेत्र नगर खेलकुद विकास समितिसँगको सहकार्यमा हुने प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार दोस्रो १० हजार तेस्रो ५ हजार र सान्त्वना २ हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने नेपाल माझी उत्थान सङ्घका केन्द्रीय सदस्य तथा खेल संयोजक गुञ्जमान माझीले बताए ।
उक्त प्रतियोगितामा सिङ्गल तर्फ २ जना समूहमा सहभागी हुनेछन् । प्रतियोगितामा २५ समूहले सहभागिता जनाउने नेपाल माझी उथान सङ्घ सुनसरी अध्यक्ष धनश्याम माझिले जानकारी दिए ।