धरान : नेपाली महिला फुटबल राष्ट्रिय टिमकी कप्तान, गोलरक्षक एञ्जिला तुम्बाप्पोको जीवनमा आधारित चलचित्र ‘अन्जिला’को शुक्रवार धरानमा ग्राण्ड प्रिमियर प्रदर्शन भएको छ ।

चलचित्र एकैसाथ फागुन २९ देशभर प्रदर्शन हुनेछ । हङकङ र बेलायतको एल्डरसट एम्पायर हलमा ग्राण्ड प्रिमियर शो पछि धरान फ्रेण्डस् सिनेमाजमा रेड कार्पेट ग्राण्ड प्रिमियर गरिएको हो ।

चलचित्रको पात्र अन्जिला तुम्बापो लिम्बु र अन्य मुख्य कलाकारहरूको उपस्थिति नभए पनि कलाकार प्रकाश सुब्बा र बाल कलाकार नमिक्षा मगर प्रिमियर शोमा सहभागी थिए ।

प्रिमियरमा दर्शककहरु बिच चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति थियो । सबैले अन्जिलाको अभिनयको खुलेर तारिफ गरे । निर्देशक मिलन चाम्सको निर्देशनमा बनेका अन्जिला उत्कृष्ट रहेको दर्शक, कलाकारहरूले प्रतिक्रिया दिए ।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ अन्जिला आफूले सोचेभन्दा नि निकै राम्रो फेन्टास्टिक लागेको बताए । नेपाली खेलाडीहरूको संर्घष र फुटबललाई चलचित्रले कनेक्ट गरेको उनको भनाई छ ।

चलचित्रकी बाल कलाकार नमिक्षा मगरले चलचित्र हेरिरहँदा अन्जिला दिदीको दुःख देखेर रोएको बताइन् । निर्माता, कलाकार प्रेमकुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, राजेश बगडिया र  निर्देशक मिलन चाम्सको उपस्थित थिए ।

चलचित्रको पहिलो भागमा दयाहाङ राई र विजय बरालको जोडीको रोचक अभिनय छ । दोस्रो हाफ अन्जिलाको खेल जीवनको मात्र देखाइएको छ ।

चलचित्र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन । सिनेमामा सुदीप बरालको डिओपी, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् । सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।

anjila-premier