धरान : प्रहरीले धरान-८ का २३ वर्षीय कुविर राई र २१ वर्षीय समिर राईलाई बुधवार विराटनगरमा लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको को-२३-प-४१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई विराटनगर-५ मा लागुऔषध नियन्त्रण व्यूरोको प्रहरी टोलीले चेकजाँको क्रममा पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूका साथबाट २ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
यसैगरी धरान-१३ का २४ वर्षीय धने राईलाई अस्थायी प्रहरी चौकी अमरहाटको प्रहरी टोलीले चेकजाँचको क्रममा १ ग्राम २२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
झापाको कन्काई नपा-४ बाट इलाका प्रहरी कार्यालय सुरुङ्गाले स्थानीय ३३ वर्षीय ईन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीय ममता चौधरीलाई ८ किलो ४० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।