धरान : वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-५ का ५३ वर्षीय प्रेमबहादुर लिम्बू, १९ वर्षीय निकेश लिम्बू, १९ वर्षीय रेजिना खत्री, १९ वर्षीय सूर्य लिम्बूलाई सोमवार राती लागुऔषध सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूबाट प्रहरीले ट्रामाडोल ३ हजार २९० ट्याब्लेट, स्पासपेन ६०२ चक्की प्रतिबन्धित औषधी बरामद गरेको छ ।

झापामा आज मङ्गलवार प्रहरीले हल्दिबारी-१ का ३० वर्षीय तोयनाथ वास्कोटा, २२ वर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुर र लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाको प्रहरी टोलीले झापा नपा-५ मा पक्राउ गरेको हो । यसैगरी पाँचथर फिदिम-४ का २० वर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
यसैगरी बेलबारी-११ बाट सुन्दरहरैचा-११ का ३५ वर्षीय फिरोज राईलाई ६९० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । राईलाई कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी डाँगिहाटको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उर्लाबारी-७ का २३ वर्षीय अशोक भुजेललाई ६० एम्पुल प्रतिबन्धित औषधी सहित इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको छ ।
सुनसरीको कोशी गापा-८ बाट सप्तरी कञ्चनरुप-७ का २६ वर्षीय राजन ठाकुरलाई स्पास्मो प्रोक्सीभोजन पीडिटिए ३२ क्याप्सुल, निट्जास्कान १०९ ट्याब्लेट र गाँजा ५० ग्राम सहित पक्राउ गरेको छ । ठाकुरलाई इलाका प्रहरी कार्यालय भण्टाबारीले पक्राउ गरेको हो ।
यसैगरी त्रियुगा-१२ का २६ वर्षीय ललित चौधरी र २५ वर्षीय बिदायक राईलाई लागुऔषध ३० एम्पुल सहित उदयपुरको लालपत्ता प्रहरी चौकीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा-१२ का २२ वर्षीय अर्जुन रोक्कालाई ६९ ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कटारीले धनुषाको धनुषाधाम-५ का ३५ वर्षीय शम्भुकुमार साह र महोत्तरी मनरा सिसुवा-१ का ४० वर्षीय दिलिप भुजेललाई टापेन्डाडोल २५१०, स्पास्पेन २४६० र क्याफ डि ३२० ट्रयाव्लेट सहित पक्राउ गरेको छ ।