धरान : पानबारी फुटबल क्लबको आयोजनामा दोस्रो पानबारी गोल्डकप फुटबल प्रतियोगिता नयाँ वर्ष २०८२ वैशाख १२ देखी हुने भएको छ । प्रतियोगिता वैशाख १९ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सहभागी टिमहरू निश्चित भैसकेका छैनन् । क्लबका अध्यक्ष कृष्णकुमार राई (भुपाल)ले प्रतियोगितामा ‘ए’ र ‘बि’ डिभिजनका राष्ट्रिय फुटबल टिमलाई आमन्त्रण गरिएको बताए ।

उनले भने ‘छिमेकी राष्ट्र भुटानको फुटबल क्लब आउन सक्ने भएकोले प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको बन्न सक्ने सम्भावना छ ।’ प्रतियोगिता धरान-६ स्थित बाजिपाक फुटबल ग्राउन्डमा हुनेछ ।
प्रतियोगिताको विजेता टिमलाई २ लाख २२ हजार २२२ रुपैयाँ सहित रनिङ कप प्रदान गरिने छ । उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ ।
व्यक्तिगत विद्यातर्फ उत्कृष्ट खेलाडीले ७ हजार, हाई स्कोरले ७ हजार, उत्कृष्ट गोलकिपरले ७ हजार, उत्कृष्ट डिफेन्स, मिडफिल्डरले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट कोचले ७ हजार, म्यान अफ द म्याचले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पहिलो प्रतियोगितामा केएफसी मोरङ विजेता बनेको थियो । धनकुटा फुटबल क्लब उपविजेता रहेकाे थियो ।