धरान : पुर्वान्चल फिल्म एकेडेमीको ब्यानरमा निर्मित कथानक नेपाली चलचित्र ‘युद्धको सहर’ शनिवार धरामा प्रिमियर प्रदर्शन भएको छ ।
शहरी संस्कृति भित्र ओझेलमा परेका दुःख पीडा, समस्याले सृजना गर्ने द्वन्दहरु चलचित्रमा चित्रण गरिएको छ । धरान र धरान जस्ता सहरको कथालाई समाजको यथार्थको रूपमा प्रस्तुत गरिएको ‘युद्धको शहर’ सामाजिक कथामा आधारित चलचित्र भएको निर्देशक विजय संयक सुब्बाको भनाई छ ।
चलचित्रमा जोसेफ लिम्बु, प्रसन राई, रोजनी लिम्बु, मन्जु राई, नुमा लिम्बु, राधा फोम्बो, डम्बरकुमारी पयाङ्गो, मीना हुक्पा चोङ्बाङ, नवीन मेन्याङ्बो, पूर्णकला लिम्बुको अभिनय छ ।
नवीन पराजुली, सुरज भुजेल, कृष्ण लावती, मिलन तामाङ, तिरज लिम्बु, तेज मेन्याङ्बो, सुरेन्द्र भुजेल, सानुराजा थेगिम, अनुप राउत, अमित गुरुङ, उदय कुरङ्बाङ सुब्बा, हेम राई, विक्रम सुब्बाले विभिन्न भूमिका निभाएका छन् ।
चलचित्रको लेखन, निर्देशन विजय संयक सुब्बा, छायाङ्कन मणिकुमार लिम्बु, नृत्य निर्देशन सानुराजा थेगिम र मणिकुमार लिम्बुको रहेको छ ।
प्रिमियर प्रदर्शन धरान-१५ बगरकोट स्थित मेन्याङ्बो कल्याणकारी सङ्घको भवनमा व्यवस्थापन समितिको आयोजनामा भएको हो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रबिक्रम वेघा प्रमुख अतिथि थिए । वरिष्ठ कलाकार याशेली योङहाङ, शारदा शाक्य, चलचित्र निर्देशक किरण राई, अभिनेत्री शशि थापा सुब्बा प्रिमियरमा उपस्थित थिए ।
चलचित्रकर्मी महासङ्घ प्रदेश अध्यक्ष अरुणकुमार प्रधान, तामाङ चलचित्रकर्मी सङ्घ अध्यक्ष लाखमान योन्जन, निर्देशक समाज प्रदेश अध्यक्ष रबिन श्रेष्ठ, आदिवासी जनजाति चलचित्रकर्मी सङ्घ प्रदेश अध्यक्ष ज्योतिराज राई उपस्थित थिए ।
प्रोजेक्ट मेनेजर, याक्थुङ चलचित्र सङ्घ अध्यक्ष नवीन मेन्याङ्बोको सभापतित्व भएको कार्यक्रममा धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारम, व्याटमिन्टन सङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रशेखर लामा, व्याटमिन्टन प्रदेश उपाध्यक्ष सुरेश नेयोङ, धरान व्याटमिन्टन अध्यक्ष टङ्क लिम्बु उपस्थित थिए ।

 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        