धरान : १४औँ धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी श्रेष्ठले चुमेकी छन् ।

पुरुष विजेता नरेन्द्र सिंह रावत नेपाली धावक हुन । महिला विजेता श्रेष्ठ दक्षिण एसियाली म्याराथनकी स्वर्ण पदक विजेता हुन । उनी १३औ धरान रनकी विजेता र अन्तर्राष्ट्रिय हाफ म्याराथनकी विजेताको पदक विजेता समेत हुन । 

शनिवार बिहान भएको नेवा: च्यारिटी रनको १० किलोमिटर दूरी रावतले ३१ मिनेट ५० सेकेन्डमा पुरा गरेका हुन । उनले उपाधिसँगै ६० हजार रुपैयाँ प्राप्त गरे । सन्तोषीले ३७ मिनेट ३७ सेकेन्डमा उक्त दूरी पुरा गरिन । उनले उपाधिसँगै ६० हजार रुपैयाँ प्राप्त गरिन् । टाइमिङ चिप सिस्टममा दौडिएका ३ हजार ५ सय धावकले धरानको १० किलोमिटर दूरी पार गरे ।

भानुचोकबाट बिहान साढे ७ बजे सुरु भएको दौड ३१ मिनेट ५७ सेकेन्डमा पुरा गरेर केन्याली धावक जुलियस मुरिउकी दोस्रो बने । उनले मेडलसँगै ४० हजार रुपैयाँ प्राप्त गरे । केन्याली धावक जुलियस मुरिउकी यसअघि १० किलोमिटर दौडमा विजेता केन्याली धावक मुरिउकी १२औ संस्करणमा ३२ दशमलव ५० मिनेटमा, सन २००७ मा २८ दशमलव ४९ मिनेट, २००८ मा २९ दशमलव ९ मिनेट र सन २०१० मा २९ दशमलव १३ मिनेट रेकर्ड बनाएका थिए । 

तेस्रो बनेका अमिर लिम्बुले ३२ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पुरा गरेका थिए । उनले ट्रफी, मेडलसँगै ३० हजार रुपैयाँ प्राप्त गरे । महिला तर्फ उपबिजेता पुष्पा सेर्माले ४१ मिनेट ४४ सेकेन्डमा दुरी पार गरिन । महिला तर्फनै ४२ मिनेट ३ सेकेन्डमा दुरी पार गर्दै प्रीया क्षेत्री तेस्रो भइन । 

अण्डर १६ महिलातर्फ जुही राई विजेता बनिन, उनले ४७ मिनेट १ सेकेन्डमा दुरी पार गर्दै नगद प्राप्त गरिन । जुलि राईले ५५ मिनेट ६ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन ।

१ घण्टा ११ मिनेट १० सेकेन्डमा दुरी पार गर्दै सिम्रन बर्देवा तेस्रो भइन । अण्डर १६ पुरुष तर्फ विजेता जीवन हाङ्गले ३८ मिनेट ५४ सेकेन्डमा पार गरे । ओसन राईले ४१ मिनेट २७ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए, हिमाल राईले ४४ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए ।

१२ देखि १५ वर्ष भित्रका ‘यु-१५’ समूह, ४९ देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’ समूहका, सुपर भेट्रान महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।

भेट्रान पुरुष तर्फ सुदिप प्रधानले ३९ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै विजेता भए । विजय कुमार राईले ३९ मिनेट १३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए । रेशम लिम्बुले ४० मिनेट १० सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए ।

भेट्रान महिला तर्फ प्रतिमा राईले ५२ मिनेट ४७ सेकेन्डमा दुरी पार गर्दै विजेता भइन । जमुना लिम्बुले ५३ मिनेट ९ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र कल्पना तामाङले ५७ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भइन । मिड भेट्रान तर्फ रविन तामाङ भए उनले ५२ मिनेट २१ सेकेण्डमा दुरी पार गरे । 

उनीहरूले  क्रमशः भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७  हजार, ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

ह्वीलचेयर तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । साथै सुपर भेट्रान विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गरे।

यसपालिको च्यारेटी रनबाट उठेको रकम सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरूप प्रदान गरिने भएको छ ।

यस १४ औ संस्करणमा खेलकुदमय, जनचेतनामूलक कार्यक्रमसहित ह्विलचेयर रेससहित विगतभन्दा फरक र भव्य रूपले मनाउन नेपालकै धेरै धावक धाविकाको सहभागी रहेको धरान रनको संस्थापक सन्तोष राईले बताए ।

विजेताहरूलाई धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख  अईन्द्र विक्रम बेघाले पुरस्कार वितरण गरेका थिए । 

१० किलोमिटर दौडको रुट यसपालि पुतली लाइन देखि दौड सुरु गरी देशी लाइन, पुरानो बजार, पिण्डेश्वरी मन्दिर, विजयपुर चोक, हात्तीसार क्याम्पस, रेडक्रस भवन अमरहाट कभर्डहल हुँदै जिरो प्वाइन्ट, जानकी चोक, रङ्गशाला हुँदै गणेशमान चौक, पानी टङ्की, कल्याण चौक, मङ्गलवारे, रत्न चोक, बुद्ध चोक, दुर्गा चोक हुँदै पुन पुतली लाइन भानुचौक रहेको थियो ।

गायक राजु लामा, भ्वाइस अफ नेपालका विजेता निता थापा मगर सहित अन्य कलाकारहरूको टिम दौडमा सहभागी थियो ।

dharan run female category14th dharan run 2