धरानः प्रधानमन्त्री बालेन्द्र शाहको ‘नेपालले भारतको सिमाना मिचेको’ भनाईको विरोधसँगै सोमवार साँझ सुकुम्वासीहरूले प्रधानमन्त्री बालेनको तस्बिर जलाएका छन् । 

नेपाल बसोबास बस्ती संरक्षण समाजद्वारा आयोजित जुलुस प्रदर्शनमा कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष कुमार कार्कीले सुकुम्वासी बस्तीमाथि भइरहेको सरकारी हस्तक्षेपको विरोधमा थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरे । 

कोणसभामा अध्यक्ष कार्कीले काठमाडौँका सुकुम्वासी बस्तीमा डोजर चलाएर गरिब तथा भूमिहीन नागरिकको उठीबास लगाइएको आरोप लगाउँदै भने ‘वर्षौँदेखि भोगचलन गर्दै आएका सुकुम्वासीलाई उठाउने होइन बसोबास गरेको ठाउँमा स्थायी लालपुर्जा उपलब्ध गराउनु पर्छ ।’
धरान–१३ कृषि बजारको जग्गामा बसोबास गर्दै आएका सुकुम्वासीको घर प्रहरी प्रशासनको बल प्रयोग गरेर उठाउन मन्त्रालयले पत्र पठाएको समाचार मिडियामा आएपछि सुकुम्वासीहरूले आज वृहत् प्रदर्शन गरेका हुन ।  
सरकारको डोजर आर्तक जारी रहे सुकुम्वासी अधिकारका लागि निर्णायक आन्दोलनको आवश्यकता बढेको बताउँदै अध्यक्ष कार्कीले निकट भविष्यमै थप सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गरिने घोषणा गरे । उनले भने ‘पूर्वदेखि पश्चिम सम्मका सम्पूर्ण सुकुम्वासीलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान गर्दछौँ ।’
धरान–१ स्थित पुरानो अस्पतालबाट सुरु र्‍यालीमा प्रधानमन्त्री बालेनको आत्मसमर्पणवादी राष्ट्रघाती अभिव्यक्तिको विरुद्ध संयुक्त विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले बालेन शाह मुर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, मानव अधिकारको पालना गर, राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे, बालेन सरकार मुर्दावाद जस्ता पम्पेट बोकेर नारा लगाएका थिए ।
कोणसभामा प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ र ‘झुटो’ भएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले धरानमा प्रधानमन्त्री बालेन शाहको तस्बिर दहन गरेका थिए।
कोणसभामा नेपाली कम्युनिस्ट पार्टीका इन्चार्ज चोत्लुङले काठण्माडौका मेयर हुँदा बालेन शाहले आफ्नो कार्यकक्षमा ुग्रेटर नेपालको नक्सा राखेर काम गरे पनि लिपुलेक, कालापानी जस्ता क्षेत्रमा भारतीय अतिक्रमणविरुद्ध नबोलेको आरोप लगाए ।
उनले भने ‘नक्साको सवालमा दिएको अभिव्यक्तिले नेपालको कूटनीतिक अडान कमजोर बनाएका छ ।’
उनले गरिब र सुकुम्वासीहरूले दुःख र पसिना बगाएर बनाएका घरहरूमा डोजर चलाएर उठिबास लगाएकोमा आपत्ति जनाउँदै यसलाई गाँजा प्यालेस्टाइनमा हुने विनाशसँग तुलना गरे ।
नयाँ बजेटमा ५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई थप कर भ्याट लगाउने व्यवस्था गरिएको भन्दै आक्रोश व्यक्त गरे । पहिलेको सरकारले विद्युतीय सवारी र विद्युतीय चुलो प्रवर्द्धन गर्ने नीति ल्याएकोमा बजेटले विद्युत् खपत गर्ने सर्वसाधारणलाई सजाय दिएको निर्णय फिर्ता लिन उनले माग गरे । 
नेकपा एमाले तथा भूमि अधिकार श्रमिक सङ्गठन जिल्ला कमिटीका अध्यक्ष चन्द्र भुजेलले प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिको आलोचना गरेका थिए। उनले सरकारका निर्णय र अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विरोधमा एकजुट हुन आह्वान गरे ।

balen-birud-rally