इटहरी : राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारमा सरकारले बेवास्ता गरेको भन्दै इटहरीमा प्रदर्शन भएको छ । इटहरीका स्थानीय खेलाडीहरूले सयौँको सङ्ख्यामा प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
उपचारको लागि हात फैल्याउनुपर्ने अवस्थाको अन्त्यगर्न माग गर्दै राज्यले तत्काल जिम्मेवारी लिनुपर्ने बताइएको छ । २०८० फागुन ३ गते चीनमा भएको मैत्रीपूर्ण खेलका क्रममा विपक्षी डिफेन्डरसँग ठोक्किएपछि मैदानमा ढलेका आशिष लामो समयदेखि उपचाररत छन् ।
थाइल्यान्डको अस्पतालमा उपचार गराइरहेका उनको आर्थिक अवस्था कमजोर भएपनि परिवारलाई दबाब बढेको छ । राष्ट्रिय खेलाडी मैदानमै घाइते हुँदा उपचारको जिम्मेवारीबाट राज्य र खेल निकायले लिनुपर्ने सुनसरीको खेलाडीहरूको माग छ ।
उपचार तत्काल सहज बनाउने, सम्पूर्ण खर्चको सुनिश्चितता गर्ने तथा घाइते खेलाडीको दीर्घकालीन पुनः स्थापनाका लागि राज्यले स्पष्ट नीति बनाउन माग गरिएको छ ।