धरान : ठुलो वा सानो पर्दामा देखाउने फिल्महरूमा आउने केही दृश्यहरूमा (सिन) सुझात्मक सन्देशहरू हुन्छन् । टेलिफिल्म, युट्युब अनलाइन टिभी श्रृङखला लगायतमा मद्यपान, धूम्रपान, ट्राफिक नियम उलङ्घन जस्ता विषयमा सुझात्मक सन्देशहरू हुन्छन् ।

दैनिक रूपमा उलङ्घन हुने यस्ता विषयवस्तुमा मात्र हैन अबका दिनमा यौन हिंसाका पर्दाहरूमा समेत सुझावात्मक सन्देश लेख्नु पर्ने देखिन्छ । टिभी शृङ्खलाहरूका विभिन्न पर्दाहरूमा प्रसारण गर्दा कानुन सम्बत् सुझात्मक सन्देशहरू लेख्ने गरेको छ।

जस्तै धूम्रपान गर्दै गरेको दृश्यमा 'धूम्रपान स्वास्थ्य लागि हानिकारक छ', रक्सी पिउँदै गरेको दृश्यमा 'मद्यपान स्वास्थ्य लागि हानिकारक छ', ट्राफिक नियम उलङ्घन गर्दा 'ट्राफिक नियमको पालना गरौँ' जस्ता सन्देशको दिँदै आएको छ ।

घरेलु तथा महिला हिंसा बढ्दै गरेको अवस्थामा अब भने यौन हिंसा लगायतको दृश्यमा समेत सुझात्मक सन्देशहरू हैन चेतावनीयुक्त सन्देशहरू राख्न आवश्यक छ । धेरै चलचित्र तथा टिभी श्रृङखलाहरूमा यौनहिँसाको दृश्यहरू आउँदा 'यौन हिंसा अपराध हो' लेख्नु पर्ने देखिन्छ ।

नेपाल सरकार, चलचित्र बोर्ड, प्रसारण संस्था, र राष्ट्रिय महिला आयोगलाई एकमुष्ट रूपमा प्रश्न गर्नु चाहन्छु, किन यौन दुराचारका दृश्यहरूमा 'यौन हिंसा अपराध हो' भन्ने सन्देश लेखिँदैन ?

नेपाल संविधानले नै जिउ धन सुरक्षाको प्रत्याभूति महिला हक र अधिकार प्रति सम्बन्धी कानुनले महिलाको आत्मा सुरक्षाको सम्मान गरेको छ । तर अहिलेको सन्दर्भमा बाल मस्तिष्कमा समेत नकारात्मक असर पर्ने र सामाजिक विकृतिहरू गर्ने त्यस्ता दृश्यहरूमा चेतावनी दिनु पर्दछ ।

नेपाल सरकारले चलचित्र बोर्ड मार्फत प्रकाशन अनुमति दिनु अगाडि अनिवार्य 'यौन हिंसा अपराध हो' या यस्तै चेतावनीयुक्त सन्देशहरू दिनु पर्दछ । अन्यथा नलेखिएका प्रसारणहरूलाई सामाजिक बहिष्कारको अभियानमा एकजुट हुन सबैमा जोडदार अपिल गर्दछु ।