कोरोना भाइरसको महामारीका कारण विश्व नै आक्रान्त बनेको छ । नेपालीमा पनि कोरोना देखिए पश्चात् नेपालका सम्पूर्ण नाकाहरू अन्य देश सँगको आवतजावत बन्द गरिएको छ । एक सहरबाट अर्को सहर मानिसहरूलाई अनुमति बिना हिँड्न दिइरहेको छैन ।

मानिसहरू लकडाउनको पूर्ण पालना गरी नै रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा समाजमा एक खालको त्रास सृजना भएको छ ।

समाजमा कोरोनाको सङ्क्रमण नफैलियोस् भनेर र आफ्नो टोलमा कोही पनि मान्छेहरू प्रवेश नगरुन् भन्ने अन्धविश्वासका साथ केही व्यक्तिहरूले रूखो स्वभावमा स्वास्थ्यकर्मीहरुलाई अस्पतालमा आवतजावतमा समेत अवरोध गर्ने क्रियाकलापहरू भइरहेका छन् । अस्पताल र स्वास्थ्यकर्मीहरु माथि गरिने त्यस्ता दुर्व्यवहारले अहिलेको अवस्थामा काम गर्ने वातावरणमा ह«ह्रास आउँछ ।

अहिले स्थानीय निकायहरूले राम्रो काम गरिरहेको छ तर स्थानीय निकायको नाम लिएर कोरोना रोक्ने सवालमा युवाहरूबाट जुन खालको व्यवहार स्वास्थ्यकर्मी माथि भइरहेको छ त्यो कुनै पनि हालतमा स्वीकार्य छैन । स्थानीय निकायबाट नै परिचालित मान्छे हो भने मानिसहरूलाई के-कसरी कुरा गर्ने हो त्यो सबै जानेको व्यक्ति बस्नु आवश्यक छ ।

नियामक निकायको विना अनुमति स्वास्थ्यकर्मीलाई आवतजावतमा अवरोध जो कोहीलाई सरकारले कडा भन्दा कडा रूपमा कानुनी कारबाहीको दायरामा ल्याउनु आवश्यक छ । समाजमा यसरी नै १०-१५ जना जम्मा भई स्वास्थ्यकर्मीको आवतजावतमा अवरोध गर्नाले झन् कोरोना सङ्क्रमण समाजमा फैलने छ । त्यसको जिम्मा कसले लिने त ?

कोरोना भाइरस नियन्त्रणको बहानामा स्वास्थ्यकर्मीहरु माथि नै अवरोध हुन नरोकिएमा समाज झन् अराजक तर्फ धकेलिने पो हो कि भन्ने तर्फ निकायहरू सजग हुनु आवश्यक छ । सङ्क्रमित बढ्दै गइरहेको अवस्थामा हुलहुजत गर्नुको साटो त्यस्ता व्यक्तिको सरकारले जारी गरेको लकडाउनलाई पूर्ण पालना गरी घर भित्र बस्नु आवश्यक छ ।

अहिले केही मानिसहरू समाजमा स्वास्थ्यकर्मी र सरकारले जारी गरेको लकडाउनलाई पूर्ण रूपले पालना नगरी सडक र गल्लीहरूमा बसी अवरोध गर्नाले झन् ठुलो समस्या सृजना भई त्यो टोलमा नै सङ्क्रमित बढ्ने छन् । अहिले हामी आत्तिने समय होइन यो कोरोना विरुद्धको लडाइमा स्वास्थ्यकर्मीलाई कसरी सहयोग गर्ने हो त्यतातिर सोच्ने समय हो जबसम्म नेपालमा स्वास्थ्यकर्मीहरुलाई सहयोग गरिन्न तबसम्म केही हुनेवाला छैन ।

नेपालमा भएको कोरोना सङ्क्रमणलाई आम मानिसहरूले हल्का रूपमा लिएको कारणले गर्दा नै स्वास्थ्यकर्मीहरु माथि कुनैनकुनै अवरोध समाजबाट भएका छन् । अहिले स्वास्थ्यकर्मीहरु अत्यन्तै नाजुक अवस्थामा आफ्ना सेवाहरू दिन बाध्य छन् ।

अहिलेको यस्ता परिस्थितिमा कसरी मिलेर काम गर्ने हो भनेर सोच्नुको सट्टा स्वास्थ्यकर्मीहरु माथि नै अवरोध गर्ने क्रियाकलाप अत्यन्तै निन्दनीय छ । अहिलेको अवस्थामा अग्र पङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई बिना रोकावट अस्पताल आवतजावत गर्न दिएको अवस्थामा समाजका केही व्यक्तिहरूबाट बाटो छेक्ने, दुर्व्यवहार जस्ता क्रियाकलाप गर्नेलाई कडा भन्दा कडा कारबाही गर्नु पर्दछ ।

समाजका अग्रज व्यक्तिहरूले यो बुझ्नु जरुरी छ कि कोरोना बाटो छेकेर मान्छेहरूलाई झगडा गराएर कुनै पनि हालतमा हट्ने छैन । समाजमा सबै व्यक्तिहरूले स्वास्थ्यकर्मीहरुले भने बमोजिम रहेर लकडाउनको पूर्ण पालना गरी घरमै बस्नु बाहेक अर्को विकल्प छैन ।

केही दिनबाट धेरै अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरुले घरबाट अस्पताल र अस्पतालबाट घर फर्कँदा स्थानीय केही व्यक्तिहरूको दुर्व्यवहार सहनु परेको छ । एकातिर नेपाललाई कसरी कोरोना मुक्त गर्ने भनेर दिनरात काममा खटिएका स्वास्थ्य कर्मीलाई रोकेर दुर्व्यवहार गर्नु कति कानुन सम्मत होला त त्यस्ता मान्छेहरू टोलमा १०(१५ जना उपस्थित भई कानुनी शासनको धज्जी र हुल्हुजत गर्नाले कोरोनाको सङ्क्रमण रोकिएला त रुस्वास्थ्यकर्मीलाई रोकेर दुर्व्यवहार गर्नेलाई फौजदारी कसुर अनुसार सजायको निम्ति सरकारले कदम चाल्नै पर्दछ अनि मात्र अस्पतालहरू र स्वास्थ्यकर्मीहरु निर्धक्क रूपमा सेवा दिन सक्दछन् ।

उमेश खत्री अस्पताल व्यवस्थापकको रूपमा कार्यरत छन् ।