धरान : कपुरी न्युजमा बिहीबार प्रकाशन भएको सङ्क्रमित होइन प्रतिष्ठानको एम्बुलेन्सले तरकारी ढुवानी गर्छ भन्ने शीर्षकको समाचारको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खण्डन गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाद्वारा हस्ताक्षरित खण्डन पत्रमा प्रतिष्ठानमा भर्ना भएका सम्पूर्ण बिरामीहरू र हालको कोभिड-१९ को विद्यामान समस्याले गर्दा आइसोलेसनमा कार्य गर्ने र क्वारेनटाइनमा बस्नुपर्ने कर्मचारी, नर्सिङ स्टाफ एवं चिकित्सकलाई नियमित भोजन उपलब्ध गराउनुपर्ने भएको हुँदा दैनिक उपभोग्य सामाग्रीहरू खरिद गर्न प्रतिष्ठानको गाडी कृषि बजार पुगेको जानकारी गराउँदछौ उल्लेख छ ।

समाचारमा भनिए अनुसार उक्त गाडी एम्बुलेन्स नभएको यसै खण्डन मार्फत आवगत गराउँदछौ भनी खण्डन पत्रमा उल्लेख गरिएको छ ।

खण्डनमा भनिएको छ यस खवरबाट आम जनसमुदायमा भ्रम पर्न गएकोमा प्रतिष्ठान दु:ख व्यक्त गर्दछ ।