धरान : धरान उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
साथै उपमहानगरपालिकाका कर्मचारीले एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री विपद् कोषमा प्रदान गर्ने भएका छन् । 
कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाको अध्यक्षतामा आज शुक्रवार बसेको सुरक्षा निकाय सहितको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले बाढी पहिरो लगायत विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन उपमहानगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।