इटहरी : हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि इटहरी स्थित नमुना कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताएका छन् ।

२०७० सालमा स्थापना भएकाे नमुना कलेज, गुणस्तरिय शिक्षाका साथै विभिन्न सामाजिक तथा मानवीय अभियानमा सहभागिता जनाउँदै यस विपद्को कठिन समयमा बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गर्ने निर्णय गरेको हो।