इटहरी : रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतको लागी राजेन्द्र राउतले ११ लाख सहयोग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राउतले सरकारको राहत कोषमा ११ लाख जम्मा गरेका हुन्।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ठुलो जनधनको क्षति भएपछि राउतले व्यक्तिगत तर्फबाट सहयोग गरेको बताएका छन् । विपद्को समयमा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि कोषमा सहयोग गरेको राउतले बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घले विज्ञप्ति जारी गर्दै राउतले व्यक्तिगत सहयोग गरेको उल्लेख गरेको छ । कोशी प्रदेशले प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सहयोग गर्न कोशी प्रदेशका उद्योगी, व्यवसायी तथा विभिन्न सङ्घ संस्थालाई पनि आग्रह गरेको छ ।