धरान : धरान १३ की कोरोना सङ्क्रमित एम्बुलेन्स नपाएर हिजो देखि घरमै राखिएको छ । यता मङ्गलवार देखि ओपिडी सेवा सुचारु गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्स कृषि बजारमा तरकारी लोड गर्दै गरेको पाइएको छ ।

Ambulence-1


हिजो साँझ ५ बजे कोरोना सङ्क्रमित भएका धरान १३ कि महिलालाई अहिले सम्म एम्बुलेन्स नपाएर अस्पताल लान नसकिरहेको बेलामा बीपीको एम्बुलेन्सले आज धरान १३ को कृषि बजारमा तरकारी बोक्दै गरेको पाइएको हो ।

Ambulence-3


को १ च ५२८३ नम्वरको एम्बुलेन्सले कृषि बजारमा तरकारी लोड गरिहरेको भेटिए पछि अझ प्रतिष्ठानको नयाँ भिसीको कोभिड अस्पताल सञ्चालनको व्यवस्थापन यही हो भनेर १३ नम्बर वडाका वडाध्यक्ष नेत्र काफ्लेले कपुरी न्युज सँग प्रश्न गरे ।

Ambulence-4