धरान : धरान-१० स्थित सुमेधा एजुकेशन नेटवर्क प्रालिले बिहीबार प्रधानमन्त्री बाढीपीडित राहत तथा उद्धार कोषमा २ लाख रुपैयाँ  जम्मा गरेको छ ।
प्रालिका सुरेन्द्र घिमिरेले एनएमबी बैङ्कको धरान शाखा मार्फत प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेका हुन । 
सहयोग राशी सुमेधाको २६ जना कर्मचारीको एक दिनको तलबबाट २६ हजार ५०० रुपैयाँ र बाँकी १ लाख ७३ हजार ५०० रुपैयाँ कम्पनीको तर्फबाट सहयोग गरिएको घिमिरेले बताए । 
सुमेधाले विपद् प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको जनाउँदै आम नागरिक व्यक्ति तथा संस्थालाई राहत अभियानमा जोडिन आग्रह गरेको छ ।