धरान : मितेरी डेभलपमेन्ट बैङ्कले  बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गरेको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको हातबाट  बैङ्कका सञ्चालक समिति अध्यक्ष किसन मास्के सहित पदाधिकारीहरूले शुक्रवार चेक हस्तान्तरण गर्दै उक्त रकम खातामा जम्मा गरेका हुन ।
सोही अवसरमा बैङ्कका सञ्चालक समिति सदस्य तथा प्रीति भल्भका सञ्चालक अन्वेश अग्रवालले व्यक्तिगत रूपमा ३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।
बैङ्क र अग्रवालबाट गरी कोषमा कुल १३ लाख रुपैयाँ जम्मा भएको अध्यक्ष मास्केले बताए ।