धरान : सुनसरी उद्योग वाणिज्य संघव्दारा ६३ औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रम संघकी कार्यसमितिध सदस्य वर्षा अग्रवाल श्रेष्ठको संयोजनमा भएको थियो ।
रक्तदानको उद्घाटन गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले विपदमा परेका, उपचारका रहेका बिरामीलाई आवश्यक रगतको लागि रक्तदानले महत्वपूर्ण सहयोग पुग्ने बताए ।
कार्यक्रमको संघका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा भएको थियो ।








































































