बलिउड अभिनेत्री आलिया भट्टको इन्स्टाग्राममा झण्डै १० लाख फलोअर्स घटेका छन् । ४ करोड ९० लाख हाराहरी फलोअर्स भएको आलियाको इन्स्टामा अहिले ४ करोड ८० लाख फलोअर्स रहेका छन् ।

सुशान्त सिंह राजपूतको आत्माहत्याको घटनापछि आलिया विवादमा मुछिएकी थिइन् । बलिउडमा बढ्दै गएको 'नेपोटिजमु र ग्रुपिजम' को कारण सुशान्त मरेको र आलियाले नेपोटिजमलाई बढुवा दिएको भन्दै उनी विवादित बनेकी थिइन् ।

आलियाले सुशान्तको मृत्युपछि इन्स्टामा श्रद्धान्जलि पनि दिएकी थिइन् । त्यहाँ पनि आलियालाई गाली गर्नेहरूको संख्या धेरै छन् ।

आलियाले 'कफी विथ करण' नामक एक टेलिभिजन कार्यक्रममा पुगेर सुशान्तको विषयमा नराम्रो टिप्पणी गरेकी थिइन् । उनले सुशान्तलाई नचिन्ने र मार्ने मन भएको समेत बोलेकी थिइन् ।