धरान : चलचित्रमा काम होस् या नहोस्, नायिका प्रियंका कार्कीलाई चर्चामा आउने उपाय राम्रैसँग थाहा छ । उनले सामाजिक संजाल इम्स्टाग्राममा आयुष्मानसँगको एक तस्वीर पोस्ट गर्दै जिम बन्द भएपनि समस्या छैन भनेर लेखेकी छिन् ।

आयुष्मान र प्रियंका फिटनेसमा खुबै ख्याल गर्छन् । यसैले पनि जिम बन्द हुँदा धेरै कलाकारलाई समस्या परिरहेको छ । तर प्रियंकालाई भने कुनै फरक नपरेको उनले उल्लेख गरेकी छिन् ।

आलोचनाले घेरिए पनि यी नायिका त्यसलाई सहजै ग्रहण गरिदिन्छिन् । यसैले त उनलाई आलोचनाले फरक पार्न छाडिसकेको छ । सामाजिक संजालमा उनको तस्बिर निकै भाइरल बनेको छ भने टिप्पणीहरु समेत निकै आएकाछन ।

बिहेलगत्तै लकडाउन भएका कारण नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज घरमै छन् । भैँसेपाटीको घरमा रहेका उनीहरूले युट्युब च्यानलमा खानाका विभिन्न परिकार पकाउन सिकाइरहेका भिडियो समेत सामाजिक संजालमा निकैछन् ।