धरान : सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता Absolute Auto इटहरीले नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ ।

स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन-क्लास’ फिचरहरु रहेका छन् ।  १४६२ सीसीको ‘के-सिरिज’ बीएस६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले निश्चित रुपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरिएको छ ।

५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

एसयुभी भीएक्सआईकाे मुल्य रू.४१,६९००० र जेडएक्सआईकाे मुल्य रू.४४,६९००० रहेकाे कम्पनीले जानकारी दिएकाे छ ।

सन् २०१६ मा सार्वजनिक भएको भिटार ब्रेजाले केही समयमै अटो बजारमा ग्राहकको मन जित्दै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको थियो । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशाली मात्र बनेको छैन यसमा सेग्मेन्टमै सबैभन्दा बढी र कसैसँग नभएको फिचरहरु छन् ।

देशभरबाट पहिलो ५० जना ग्राहकलाई मुल्यमा रु ३,७०,००० छुट दिईने म्यानेजर कुशल शर्माले बताए ।

Suzuki-News-Ad