धरान : भारतमा कोरोनाका कारण ३८ हजार ९३८ को मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ७४५ पुगेको छ ।

मंगलबार भारतमा ५२ हजार ५० कोरोना संक्रमित थपिएका छन् भने ८०३ जनाको मृत्यु भएको छ ।
लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ ।

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।