धरान : भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा एकै दिन ६५ हजार १५६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या २१ लाख ५२ हजार २० पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १४ लाख ७९ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख २८ हजार ६७३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४३ हजार ४५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।