धरान : प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले संविधान दिवसका उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन्।
स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरुमा सुख, शान्ति, प्रगतिका साथै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्ष सहकार्य, एकता एवंम् आपसी सद्भावको भावना विकास हुन सकोस भनि हार्दिक शुभकामना व्यक्त गरिएको छ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, जनतामा निहित सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने साझा सङ्कल्प बोकेको वर्तमान संविधान भएको वताइएको छ ।
जननिर्वाचित प्रतिनिधीहरुद्वारा संविधान सभाबाट देशको मूल कानून निर्माण गर्ने सात दशक लामो नेपाली जनताको जनआकांक्षाले २०७२ आश्विन ३ गते पुर्णता पाएको विज्ञप्तीमा उल्लेख छ।
संविधान दिवसका अवसरमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट लोकतन्त्र, मानव अधिकार, दिगो शान्तिको स्थापना गर्दै सुशासन, समृद्धि तथा विकासको आकांक्षालाई पुरा गर्ने आम नेपाली जनचाहनालाई साकार पार्न विभिन्न कालखण्डमा हुँदै आएका संघर्ष, आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात-अज्ञात शहिदहरुलाई स्मरण गर्दै हार्दिक सम्मान व्यक्त गरेको शुभकामना पत्रमा उल्लेख गरीएको छ ।
लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा प्रबद्र्धन, राष्ट्रिय हित, एकता र सामाजिक आर्थिक विकासलाई तिब्रता दिदै समृद्ध राष्ट्र निर्माणको अभिभारालाई सम्पन्न गर्न सबै राजनितिक दल, राज्यका सबै अङ्ग, जनप्रतिनिधीमूलक संस्थाहरु एवंम् आम नगारिकहरुलाई सवैधानिक मूल्य र मान्यता सहित क्रियाशिल रहन प्रेरणा मिलोस भन्ने कामना समेत व्यक्त गरेका छन् ।
ऐतिहासिक उपलब्धिहरुको रक्षा गर्दै संविधानले सुम्पिएको राष्ट्रिय हित, एकता, विकास र समृद्धिको गहन जिम्मेवारीलाई आ–आफ्नो क्षेत्रबाट पुरा गर्न सबै प्रदेशवासीमा हार्दिक आव्हान समेत गरेका छन् ।

 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        