पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

  • आश्विन ३, २०७७
  • ११३ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल प्रेस युनियन मोरङले कोरोना महामारी बिच आज विराटनगरमा भर्चुअल कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो ।

पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र न्युज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई जुममार्फत पुरस्कार वितरण गरिएको हो । पुरस्कारको राशि जनही १५ हजार रहेको छ । विगतमा युनियनको स्थापना दिवसको सन्दर्भ पारेर गरिँदै आएकोमा यो पटक भर्चुअल रूपमा नै कार्यक्रम गरी पुरस्कारको राशि अनलाइन बैंककिङ प्रणाली९आईपीएस० मार्फत पुरस्कृत पत्रकारको खातामा पठाइएको र सम्मान पत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विगत ५ वर्षदेखि वितरण हुँदै आएको यस पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापना गर्न पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । अर्यालले भने,“आचार्य नेपाली राजनीतिको मूर्धन्य नेता हुनुहुन्थ्यो । उहाँको कर्तव्यपथले अहिले पनि नेपाली राजनीतिक क्षेत्रमा प्रेरणा दिई रहेको छ ।”

पुरस्कृत पत्रकार घिमिरेले विषम परिस्थितिमा प्रविधिमार्फत कार्यक्रम गरी पुरस्कृत हुँदा नयाँ उत्साह जागृत भएको बताए । प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रविधि प्रयोग गरेर पुरस्कार वितरण कार्यक्रम राखिएको र यो विल्कुलै नयाँ प्रयास भएको बताए । उनले भने,“कोभिडका कारण आम पत्रकारको समस्या बढ्दो अवस्थामा छ । धेरै समस्या राज्यबाट सम्बोधन हुने किसिमका भए पनि हुन सकेको छैन ।” उनले परिस्थिति काबुमा आउनासाथ युनियनको केन्द्रीय महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताए ।

शैलजा आचार्यको आदर्श र निष्ठाको विषयमा पत्रकार अनन्तराज न्यौपानेले प्रकाश पारेका थिए । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले राजीनितक क्षेत्रमा शैलजा आचार्य साहसको प्रतिमूर्ति भएको बताए । भने,“उहाँ भ्रष्टाचारका विरुद्धमा अडान लिने र साहसी नेता हुनुहुन्थ्यो ।” त्यस अवसरमा युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ जिल्ला अध्यक्ष बन्धु पोखरेल,नेपाली काँग्रेसका मोरङ सचिव मोदराज घिमिरे, नेपाल प्रेस संगठन मोरङका अध्यक्ष सुदिप कोइराला लगायतले मन्तव्य राखेका थिए ।

शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि, विराटनगरका पत्रकार शेखर रेग्मी, शङ्कर खरेल, शङ्कर लुइँटेल, सुशीला पाठक, रंञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाई लगायत पुरस्कृत भइसकेका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved