धरान : नेपालको लागि हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले “नयाँ क्रेटा- दि अल्टिमेट एस.यू.भि” नेपाली बजारमा सार्वजनिक गरेको छ ।

डिजीटल प्लेट्फोर्म फेसबुक, इन्स्टाग्राम, यूट्यूब पेजबाट भर्चुअल वेभकास्ट गरी “क्रेटा-दि अल्टिमेट एस.यू.भि” नेपालमा सार्वजनिक गरिएको हो ।

नयाँ क्रेटाको जानकारी दिदैं लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिका महाप्रबन्धक श्री रूपेश शर्मा भट्टले हुण्डाई क्रेटाले नेपालमा पाँच हजार भन्दा बढी नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको बताए । नयाँ क्रेटा-दि अल्टिमेट एसयूभिले ग्राहकबीच आकर्षण बढाउनुको साथै आकांक्षा पूरा गर्ने विश्वास लिएको उनले बताए ।

सन् २०१५ मा सार्वजनिक भएको क्रेटा ग्राहकमाझ परिचित र लोकप्रिय भएकाले यसको लोकप्रियतालाई निरन्त्तरता दिन र नयाँ स्तर कायम गर्न एस.यू.भि सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको र ६ भेरियन्टहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । यसको मुल्य ४३,९६,००० देखि ६५,९६,००० सम्म रहेको कम्पनीको विज्ञप्तीमा उल्लेख गरीएको छ ।