धरान : प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले मृतकका परिवारलाई २१ लाख रुपैयाँ बिमा दाबी भुक्तानी गरेको छ ।

मृत्यु भएकी बीमीतको परिवारलाई २१ लाख ६० हजार रुपैयाँ सोमबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।

धरान ३ की बीमीत सरस्वती ताम्राकारको क्यान्सरका कारण २०७७ वैशाखमा मृत्यु भएको थियो । उनले २०७५ जेठमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखामा २० लाख रुपैयाँको जीवन बिमा गराएकी थिइन् ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रदेश प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईको उपस्थितिमा २ वर्षको बोनस १ लाख ६० हजार रुपैयाँसहित २१ लाख ६० हजार रुपैयाँको चेक उनका श्रीमान् सुरेन्द्र ताम्राकारलाई हस्तान्तरण गरेका थिए ।