धरान :  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज ३ निवासी ६३ बर्षीय पुरुषको गए राति साढे १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

विराट मेडिकल कलेज विराटनगरबाट रेफर गरिएका उनमा भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनमा दिर्घरोग नभएको भए पनि ज्वरो, श्वास फेर्न कठिन भएको र खोकी आएको थियो ।

मृतकको शव व्यवस्थापनका लागि स्वास्थ्य प्रोटोकल अनुसार तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।