झापा : झापामा प्रशासनले कोजाग्रत पूर्णिमा सम्म निषेधाज्ञा जारी गरेको छ ।

आजदेखि कार्तिक १४ गते पूर्णिमा सम्म पसल अनिवार्य ८ बजे बन्द गर्नुपर्ने निर्णय गरेको छ । जिल्ला कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टरको बैठकले बेलुका ८ बजे पछि सबै खाले सवारी साधन, पसल बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै नवमी सम्म मठमन्दिरमा नित्य पूजा गर्ने पुजारी बाहेक अरूलाई प्रवेश नदिने, अवैध घरेलु मदिरा उत्पादन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जारी गरेको निषेधाज्ञामा मेला, महोत्सव, तास जुवा जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ । यस्तै सबैलाई घर भित्रै बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ ।

यसैगरी ध्वनी प्रदूषण हुने गतिविधि नगर्न नगराउन भनिएको छ ।

Jhapa-nisedhagya-