राष्ट्रिय सहकारी बैंकद्वारा उद्यमशील बचत र शिखर बचत सम्मानित

  • कार्तिक २७, २०७७
  • १९२ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : राष्ट्रिय सहकारी बैंकले धरानका दुईबटा बचत तथा ऋण सहकारीलाई सम्मान गरेको छ ।

बैंकले धरान-१० सैनिक चौकमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड र धरान ९ मा रहेको श्री शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा शाखा कार्यलय धरानसंग सदस्य सहकारी संघसंस्थाले गरेको कारोबारको आधारमा नियमित कारोबार बिधामा राष्ट्रिय सहकारी बैंकद्वारा उद्यमशील सहकारी सम्मानित भएको हो ।

सहकारी संघ/संस्थाहरूको प्रवर्द्धन, विकास एवम् बैङ्किङ कारोबारको लागि सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको १६ औँ वार्षिक साधारणसभामा घोषणा गरीएको शाखास्तरीय पुरस्कृत कार्यक्रम अन्तरगत उद्यमशील सहकारीलाई सम्मानपत्र प्रदान गरीएको हो ।

यसैगरी सम्मानित हुनेमा धरान-९ मा रहेको श्री शिखर सहकारीले उत्कृष्ट कारोबार बिधामा सम्मान प्राप्त गरेको हो ।

उक्त सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका केन्द्रिय सञ्चालक अमृता सुब्बाद्वारा सम्मानपत्र प्रदान गरीएको थियो ।

राष्ट्रिय सहकारी बैंक धरान शाखा समन्वय उपसमिति संयोजक नरेशकुमार इवारमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा धरान शाखा समन्वय उपसमिति सदस्य, सल्लाहकारहरुको साथमा सम्मानित हुने सहकारीका सञ्चालकहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved