धरान : समुन्द्र सतहबाट १४२० मिटर मिटरको उचाइमा रहेको भेडेटारबाट मौसम खुलेको बेला सगरमाथा देखि मकालु, कुम्भकर्ण लगायतका हिमशृङ्खलाहरू मजाले देख्न सकिन्छ ।

Mt-Evrest
भेडेटारको थुम्कीबाट देखिएको सगरमाथा

भेडेटारबाट तराईका फाट सँगै पहाडी क्षेत्रका उच्च हिमशृङ्खलाहरू सँगै ट्याम्के र ध्वजे डाँडा देख्न सकिन्छ । अझ भेडेटारको नाम्जे र थुम्कीबाट देखिने हिमशृङ्खलाले भेडेटार पुग्ने जो कोहीलाई मोहित बनाउँछ ।
हिल स्टेसनका रूपमा ख्याति कमाएको भेडेटारमा भाषाविद् इमानसिंह चेम्जोङको सालिक, शंखेश्वर महादेव, चाल्स टावर, सिम्सुवा ९नमस्ते० झरना, पाथीभरा, सागुरीगढी नाम्जा गाउँ लगायत घुम्ने ठाउँहरू छन् ।

Kumbhakarna

मौसम खुलेको बेला भेडेटारबाट कुम्भकर्ण, सगरमाथा र मकालु हिमाल देखिन्छ । त्यस्तै भेडेटारबाट नजिकै रहेको मगर गाउँ नाम्जेमा होमस्टे सुविधा छ । त्यहाँ आत्मा बस्ने घर छ । बौद्ध विहार लगायतले पूर्वको पर्यटकीय एउटा गन्तव्य भेडेटार बनेको छ । यो सँगै भेडेटारको चाल्सप्वाईन्टमा स्काई वाक बन्ने चर्चाले पनि भेडेटारलाई तताएको छ । पछिलो समय भेडेटारबाट देबीथान सम्मको जिपलाईन सञ्चालनले गर्दा अर्को भेडेटारमा आकर्षण थपिएको छ ।

खुलेको मौसम र हिउँदको पारिलो घामले गर्दा यति बेला साँच्चै भेडेटार घुम्न लायक भएको छ ।

Temke-1
भेडेटारको थुम्कीबाट देखिएको टेम्के डाँडा
Bhedetar 1 Makalu-1 1 Makalu-Wit-Mt.Evrest Sankheswor-mahadev-Bhedetar Sagurigadhi
साँगुरीगढीDhoje-dada भेडेटारबाट देखिएको ध्वजे डाँडा