धरान : धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैङ्कले कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई २४ हजारको छात्रवृत्ति रकम प्रदान गरेको छ ।

बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत धरान-१४ को श्री पञ्चायत (दन्तकाली) माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत मनिला तामाङलाई छात्रवृत्ति प्रदान गरेको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद बस्ती र धरान-१४ का वडाध्यक्ष कृष्ण भट्टराईले २४ हजारको चेक मनिता तामाङलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन ।

विद्यालयका सह प्रधानाध्यापक श्रीप्रसाद कोइरालाले बैङ्कलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालयले अन्य क्षेत्रमा समेत सहयोगको अपेक्षा राखेको बताए ।

मनिला धरान-१४ मा रहेको श्री पञ्चायत (दन्तकाली) माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।
बैङ्कले विगत केही वर्ष देखि धरानका विभिन्न सरकारी विद्यालयहरूमा सामाजिक उत्तर दायित्व अन्तर्गतका छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिएको छ ।

आगामी दिनमा पनि विद्यालयका केही विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको बैङ्कले जानकारी दिएको छ ।