धरान : धरानकी गायिका दीपिका बस्नेतको गीत 'जुनीभरिलाई' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

धरान-१० स्थित होटेल द रेबेल लन्जमा आयोजित कार्यक्रममा धरानका अग्रज तथा नयाँ संगीतकर्मीहरुको उपस्थितिमा आयोजित समारोहमा विशेष अतिथिहरू गायिका विष्णु चेम्जोङ्ग , गायक गङ्गा वरदान र डिल्ली फोम्बोले प्रोजेक्टरको बटन थिचेर भिडियो सार्वजनिक गरेका थिए।

कार्यक्रममा बोल्दै गायिका विष्णु चेम्जोङ्ग , गायक गङ्गा वरदान र डिल्ली फोम्बोले नयाँ प्रतिभाहरू भाइरलको पछि नलागी आफ्नो सृजनामा विश्वास गरी अघि बढ्नुपर्ने र यस्ता कार्यक्रमहरूको आयोजना भैरहदा कलाकारहरूको हौसला बढ्ने बताए।

कार्यक्रममा नेपाल फोटो पत्रकार महासङ्घका केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङ , गीतकार तथा ब्लास्ट टाइम्स दैनिकका सम्पादक गोपाल दाहाल , सङ्गीत संयोजक निर्मल मगर, मिस पुर्वान्चल फर्स्ट रनरअप इक्सा मादेनको उपस्थिति रहेको थियो।

रेडमुन ईन्टरटेन्टमेन्टको निर्माणमा बनेको उक्त गीतको रचना रोशन प्रधान र सङ्गीत निकेन राई र सङ्गीत संयोजन सम समीरको रहेको छ भने सो म्युजिक भिडियोमा कलाकारहरू कुमार भट्टराई तथा समिना राईको मुख्य भूमिका रहेको छ ।

प्रेमिकाले प्रेमीलाई गर्नै माया र भावनात्मक कुराहरुलाई देखाईएको भिडियोको निर्देशक प्रकाश लिम्बु, छायाङ्कन र सम्पादन एडम लिम्बु ,पोस्ट प्रोडक्सन ड्रिम हाई स्टुडियो, धरानमा गरिएको छ भने कुमार भट्टराई तथा समिना राईको मुख्य भूमिका रहेको छ ।

सो म्युजिक भिडियो रेडमुन ईन्टरटेन्टमेन्टको युटयुव च्यानलबाट पनि हेर्न सकिने गीतकार तथा निर्माता रोशन प्रधानले जानकारी दिएका छन् ।

कार्यक्रमको विशेष अतिथि रहेका गायक डिल्ली फोम्बोको जन्मदिनको सर्प्राइज केक समेत काटिएको थियो।

गायक फोम्बोले यस्तो शुभ कार्यले हामी कलाकारहरूको हौसला बढ्नमा मद्दत पुग्ने बताउँदै सार्वजनिक रूपमा जन्मदिन मनाइदिएकोमा आयोजकलाई धन्यवाद दिए।