इटहरी : पाथीभरा इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा दुई दिने "इटहरी बालकला साहित्य महोत्सव २०८२" आयोजना हुने भएको छ । फागुन १ र २ गते प्रसिद्ध साहित्यकार देखि शैक्षिक अभियन्ताहरूको उपस्थितिमा महोत्सव हुन लागेको हो ।
साहित्यिक तथा शैक्षिक क्षेत्रमा बहस हुने महोत्सवमा प्रसिद्ध कलाकार हरिवंश आचार्य देखि शैक्षिक अभियन्ता पवित्र गौतम सम्मको उपस्थिति रहने भएको छ । शिक्षण सिकाइको सुधारमा उदारीकरण मानिएका वेदा र कारखानाको समेत सक्रिय सहभागी रहने आयोजकले जनाएको छ ।
महोत्सवमा३ वटा प्यानल डिस्कसन र २४ वटा कार्यशाला सञ्चालन हुनेछन् । साहित्यकार, कवि, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहने महोत्सवमा झापा देखि चितवन सम्मका विद्यार्थी आउने भएका छन् ।
विद्यार्थीहरूमा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको विद्यालयका सञ्चालक निर्मल रिजालले बताए । महोत्सवमा सात हजारभन्दा बढी बालबालिकाको सहभागिता रहने उनको भनाइ छ ।
महोत्सवको अभिभावकत्व इटहरी उपमहानगरपालिकाले गरेको छ । बुकल्याण्ड काठमाडौँको सह-आयोजनामा हुन लागेको कार्यक्रममा काव्य-डबली, प्याब्सन कोशी प्रदेश, प्याब्सन इटहरी, हिसान सुनसरी, सङ्गीत साधना प्रतिष्ठान इटहरी, कारखाना, वेदा, प्ले र नाइसको साझेदारी तथा सहकार्य रहेको छ ।


































































