चतरा : बराहक्षेत्र-१० स्थित प्रकाशपुरमा रहेको रामधुनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ३९ लाख अपचलन भएको भन्दै सेयर सदस्यहरूले कार्यालयमा तालाबन्दी गरेका छन्।

आइतबार शेयर सदस्यहरू कार्यालयमा पुगेर तालाबन्दी गरेका हुन् । आर्थिक स्थिति अनुगमन गर्न गठन भएको छानबिन समितिले ३९ लाख अपचलन भएको प्रतिवेदन प्रस्तुत गरे पछि सेयर सदस्य आक्रोशित हुँदै कार्यालय पुगेका थिए ।

गत वर्ष आर्थिक वर्ष २०७५/०७६ सालको संस्थाको २२ औँ साधारण सभामा २८ लाख अपचलन भएको प्रतिवेदन बाहिरिए पछि साधारण भाले आर्थिक अनुगमन गर्न गठन भएको छानबिन समितिले २३ औँ साधारण सभामा ३९ लाख अपचलन भएको प्रतिवेदन सार्वजनिक भए पछि सेयर सदस्यहरूले कार्यालय तालाबन्दी गर्नु परेको सेयर सदस्यीय अरुण राईले बताए ।

सहकारीका तत्कालीन व्यवस्थापक शालिग्राम निरौलाको गत २२ औँ साधारण सभा अगाडी सडक दुर्घटना परि निधन भए पछि २२ औँ साधारण सभाले मृत्यु भएका तत्कालीन व्यवस्थापक निरौलाको नाममा २८ लाख अपचलन भएको प्रतिवेदन प्रस्तुत गरेको थियो।

४२ सय भन्दा बढी सेयर सदस्य रहेको सहकारीका सेयर सदस्यहरूले २२ औँ साधारण सभामा २८ लाख अपचलनको विषयलाई गम्भीरताका साथ लिएर साधारण सभामा गठन गरेको छानबिन समितिले संस्थाको आय, ब्यय तथा ढुकुटी हेर्दा २८ लाख मात्र नभई ३१ लाख भन्दा बढी तत्कालीन अध्यक्ष समेत रहेका वडा नं १० का अध्यक्ष महेन्द्रबहादुर खत्री र तत्कालीन व्यवस्थापक शालिग्राम निरौला पहिलो जिम्मेवारी र तत्कालीन सचिव देवराज मिश्र , कोषाध्यक्ष लेखनाथ अधिकारी दोस्रो प्रमुख जिम्मेवारी र उनीहरूबाट असुल उपर गर्ने र सहकारीले १५ औँ वार्षिक साधारण सभामा अन्य सम्पत्ति सामाग्री भनेर झुटो विवरण शीर्षकमा ७ लाख ६४ हजार २ सय १५ रुपैयाँ अपचलन गरेर करिब ३९ लाख भन्दा बढी हिनामिना भएको छानबिन समितिले सार्वजनिक गरेको छ ।

१५ औँ साधारण सभामा झुटो विवरण उल्लेख गरेर भएको अपचलन तत्कालीन अध्यक्ष महेन्द्र बहादुर खत्री र तत्कालीन व्यवस्थापक निरौला पहिलो जिम्मेवारी र तत्कालीन सचिव कृष्ण पौडेल र तत्कालीन कोषाध्यक्ष देवराज मिश्र नाममा दोस्रो जिम्मेवारीमा अपचलन भएको र उनीहरूले नै असुल उपर गर्नुपर्ने प्रतिवेदन शनिवार नै सम्पन्न सहकारीको २३ औँ साधारण सभामा छानबिन समितिले प्रतिवेदन प्रस्तुत गरेपछि सहकारीमा भएको मोटो रकमको अपचलन बाहिर आएको थियो ।

अपचलन सार्वजनिक भए सँगै आइतबार सहकारीका सेयर सदस्यहरूले सहकारीको कार्यालय घेराउ समेत गरेका थिए ।अपचलन पछि सञ्चालक समिति नाममा रहेको रकम तुरुन्त असुल उपर र सञ्चालक समिति नयाँ हुनुपर्ने भन्दै सेयर सदस्यहरूले तालाबन्दी गरेका थिए।ताल बन्दी पछि प्रहरी चौकी प्रकाशपुरमा सञ्चालक समिति र सेयर सदस्य बिच छलफल समेत भएको थियो ।

यता सहकारीका अध्यक्ष समेत रहेका वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले आफूले सहकारीको अध्यक्षबाट २ वर्ष अगाडि नै कार्यवाहक दिई सकेको बताए । उनले कार्यवाहक दिए पछि पनि आफ्नो नाममा समेत अपचलन भएको भन्ने कुरा बाहिर आएको तर मैलै कुनै अपचलन नगरेको दाबी गरे ।

उनले यो विषयमा प्रहरी चौकीमा छलफल समेत भइरहेको बताए । प्रहरी चौकी प्रकाशपुर भएको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । सुरक्षाको कारण प्रहरी चौकीमा सहकारी सञ्चालक समिति र कर्मचारीको पक्ष तथा सेयर सदस्यहरूको छलफलले कुनै निर्णय नगरी दुई टोली फर्किएको प्रकाशपुर प्रहरी चौकीले बताएको छ ।

एक सेयर सदस्यका अनुसार कर्मचारीको नाममा १२ लाख रकम अपचलन देखिएको छ भने बाँकी रकम सञ्चालक समितिको नाममा रहेको छ । छलफलमा सहभागी एक सेयर सदस्यका अनुसार तत्कालीन सचिव तथा कार्यवाहक अध्यक्ष देवराज मिश्रले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् ।

यता सेयर सदस्यहरू अपचलन भएको रकम सञ्चालक समिति र कर्मचारीबाट असुली नहुन्जेल कार्यालयमा तालाबन्दी यथावत् रहने बताउँछन् ।