धरान : धरान क्षेत्रका ४० सहकारी संस्थालाई बजारमा आएका जोखिम घटाउन एक दिवसीय जोखिममा आधारित साकोस सुपरिवेक्षण तालिम प्रदान गरीएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को साझेदारी अनुसार नेपाल रेडक्रस जिल्ला सुनसरीको शाखा कार्यालयमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले तालिमको आयोजना गरेको हो ।

बन्दाबन्दीकारणले झन् सहकारीताको तरलता व्यवस्थापन सम्बन्धी विभिन्न समस्या, सेवा निरन्तरताको कार्य ढाँचा, प्रभावकारी सञ्चार, प्रविधिहरुको व्यवस्थापन, सुशासन तथा वैधानिक व्यवस्थापन, सञ्चालक समिति र व्यवस्थापनको भूमिका आदि विषयमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी लिमिटेडको टोलीले प्रशिक्षण गराएको थियो ।

प्रशिक्षण पश्चात् सहभागी साकोसकर्मीहरुको जिज्ञासालाई समेटेर सहभागीहरुले नीति निर्माण, ऋण लगानी तथा व्यवस्थापन योजना, जोखिम व्यवस्थापन, ब्याजदर परिमार्जन, खाता बन्दी तयारी लगायतका थुप्रै विषयमा जिज्ञासाहरूलाई पनि प्रशिक्षकले समेटेका थिए ।