धरान : धरानमा ब्युटिसियन बन्ने र पार्लरमा सेवा लिनेहरुका लागि नयाँ ब्युटी क्लिनिक (पार्लर) खुलेको छ । धरान-१० स्थित पुतली लाइनको खहरे खेला पारी रहेको सिंह बाहिनी भगवती मन्दिरको ब्यबसायीक भवनमा सोमबारबाट आर्या ब्युटी आर्ट एण्ड एकेडेमी सुरुवात भएको हो ।
आर्या ब्युटि आर्ट एण्ड एकेडेमीको मङगलबार सरस्वती पूजाको अवसर पारेर धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीले उद्घाटन गरेकी छिन्। ३२ लाख रुपैयाँ लगानी गरेर क्लिनिक एवम् एकेडेमी सञ्चालनमा ल्याइएको एकेडेमीकी सञ्चालक सीता मिश्रले जानकारी दिइन ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि सुबेदीले धरानमा स्तरीय ब्युटी क्लिनिक तथा एकेडेमीको अभाव भइरहेको बेलामा आर्याको आगमनले त्यो अभाव मेटिने विश्वास लिएको बताइन ।
धरानमा धेरै ब्युटी पार्लर र ट्रेनिङ सेन्टरहरू भएतापनि राम्रो तालिम लिन र सेवा लिन धरानबाहिर जानु पर्ने बाध्यता रहेको उनले बताइन । धरानका केही नाम चलेका ब्युटी पार्लर र ट्रेनिङ सेन्टरहरू छन्,त्यसमा अब आर्या पनि थपिएको छ अब धरानका मान्छे राम्रो तालिम र सेवा लिन धरान बाहिर जानुपर्ने बाध्यता हट्ने उनको विश्वास थियो ।
आर्या ब्युटी आर्ट एण्ड एकेडेमीकी सञ्चालक सीता मिश्रले ब्युटिसियन बन्न चाहानेहरुलाई दक्ष बनाउने र स्वरोजगार बनाउने आफूहरूको उद्देश्य रहेको बताइन । 'हामी क्लिनिकल (पार्लर) सेवा पनि उत्तिकै राम्रो दिने तयारीमा छौ उनले भनिन् ब्युटिपार्लरहरुमा जथाभाबी प्रयोग हुने क्रिम तथा कस्मेटिक बस्तुहरूले धेरै महिलाहरूमा समस्या आएको हामीले भेटेका छौ, हामी हाम्रा ग्राहकहरूमा त्यस्तो समस्या नहोस भन्नेमा सचेत भएर सेवा दिन्छौ ।'
एकेडेमीकी निर्देशक अनिशा दाहालले विद्यार्थी तथा ग्राहकलाई राम्रो तालिम र सेवा दिन दक्ष प्रशिक्षक र ब्युटिसियनको टिम रहेको जानकारी दिइन ।‘हामीले ब्युटिसियन बन्न चाहनेलाई सिटीइभिटीको कोर्षबाट सिकाउने र त्यसको परीक्षा तथा सिप परीक्षणमा सहभागी गराउने व्यवस्था मिलाएका छौ प्रमुख प्रशिक्षक दुर्गा अधिकारीले जानकारी दिइन ।
आर्याले चाडै पूर्वका विभिन्न सहरमा आफ्नो ब्रान्चपनि विस्तार गर्ने सोच राखेको मिश्रले जानकारी दिइन ।
Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved