झुम्का : केही दशक अघि थारु भाषाको गीत सङ्गीत विरलै रेकर्डिङ हुन्थ्यो। रेकर्डिङ भए पनि भिडियो या युट्युबमा कमै मात्र हेर्न र सुन्न पाइन्थ्यो तर अहिले अवस्था फरक छ। थारु गीत सङ्गीतले पनि दिनानुदिन नयाँ रेकर्डहरू कायम गरिरहेको अवस्था छ । थारु गीत सङ्गीतको विकासको लहरले बिस्तारै थारु भाषाको गीतहरू र म्युजिक भिडियो युट्युब लगायत सोसल मिडिया आउन थालिसकेका छन् ।

पूर्व र पश्चिमका थारु सर्जक तथा कलाकारले थारु गीत सङ्गीतलाई धमाधम सार्वजनिक गरिरहेको छन् । भर्खरै पूर्वमा थारु भाषाको गीत ‘पागल दिवाना सजना’ थारु म्युजिक भिडियो सार्वजनिक भएको छ। सेबिल ईन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा विवेक चौधरी र निकिता थारुको स्वर तथा श्रवणकुमार चौधरीको शब्द सङ्गीत सुन्न सकिन्छ ।

गाउँ परिवेशको मिठो चित्रण गरी रोमान्टिक शैलीको थारु म्युजिक भिडियो बनेको छ। थारु समाजको यथार्थ र प्रेम र प्रेमिकाको रोमान्स भिडियोमा हेर्न सकिन्छ।

गीतलाई एरेन्ज भने सन्दीप सरदारले गरेका हुन् । कोरियोग्राफी सँग सँगै र भिडियोमा रजनिश चौधरी र प्रीति चौधरीले अभिनय गरेका छन् । निर्देशन तथा कथा लोकेन्द्र चौधरीले तयार पारेका हुन् । कलाकार रजनिश चौधरीको भनाइ अनुसार यस भन्दा अगाडि पनि थारु,मैथिली लगायत नेपाली म्युजिक भिडियोमा अभिनय रहेको यो सबभन्दा उत्कृष्ट थारु म्युजिक बनेको बताए ।

उनका धेरै थारु गीत र अन्य म्युजिक भिडियो युट्युबमा हेर्न सकिन्छ, थुप्रै हिट पनि भएका छन् । अगामी दिनमा थारु गीत सङ्गीतलाई उत्कृष्ट डिजिटल गर्दै थारु कल्चर र नेपाली लोक परिवेश अनुरूप म्युजिक भिडियो बनाउने बताए ।

गीतको म्युजिक भिडियोमा श्रवणकुमार चौधरीको छायाङ्कन र सम्पादन देख्न सकिन्छ थारु भाषाका गीतहरू सेबिल ईन्टरटेन्मेटले बजारमा सार्वजनिक गर्दै आइरहेको छ ।