झुम्का : सुनसरी जिल्लाको रामधुनी नगरपालिका-९ डुम्राहा स्थायी घर भएका स्व. विवेक चौधरीको परिवारलाई आईएमइ लाइफ इन्स्योरेन्सले बिमा बापतको रकम प्रदान गरेको छ । चौधरी रोजगारको शिलसिलामा साउदी अरबमा हुँदा दुर्घटना परि ज्यान गएको थियो ।

एक कार्यक्रम बिच विमितको परिवारलाई १४ लाख बराबरको म्यादी जीवन बिमा बापतको रकम प्रदान गरेको आईएमई लाइफ ईन्स्यारेन्स झुम्का शाखाका प्रमुख विनोदकुमार चौधरीले जानकारी दिए ।

कार्यक्रममा आईएमई लाइफ ईन्स्यारेन्सका कोसी अञ्चल प्रमुख ओमप्रकाश राई,रामधुनी एफएमका अध्यक्ष रामकुमार चौधरी,एजेन्सी म्यानेजर मोहन चौधरी, जितेन्द्र चौधरी लगायतले संयुक्त रूपमा स्वर्गीय चौधरीको श्रीमती सपना चौधरीलाई बिमा बापतको रकम १४ लाखको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै अञ्चल प्रमुख ओमप्रकाश राईले दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई बिमा बापतको रकम प्रदान गरेका छौ, यसले परिवारका सदस्य लगायत छोराछोरीको शिक्षा दीक्षा आर्जनमा समेत निकै सहयोग पुग्ने आशा लिएको छु, बिमाले आपत् विपतको समयमा निकै सहयोग पनि पुर्याउछ, त्यसैले सबैले जीवन बिमा गर्नु अति आवश्यक रहेको जानकारी दिए ।

वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब पुगेका ३६ वर्षीय स्व. विवेक चौधरीले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा १० लाख बराबरको म्यादी जीवन बिमा गरेका थिए र उनको २०७७ चैत्रमा साउदी अरबमा हुँदा दुर्घटनामा परि मृत्यु भएको थियो । मृतकको परिवारमा श्रीमती सहित एक छोरी, एक छोरा रहेका छन्।