निश्चय नै आजको जमानामा फेसबुक, इन्स्टाग्राम, ट्विटर, मेसेन्जर, इमो लगायत अन्य सामाजिक सञ्जालको महत्व कम छैन । अहिले आएर फेसबुक, इन्स्टाग्राम, ट्विटर, मेसेन्जर लगायत अन्य सामाजिक सञ्जालको महत्व सहर बजारमा बस्ने मान्छेहरूका लागि मात्रै नभएर सहरोन्मुख गाऊँ र, दुर्गम गाउँघरमा बस्ने सर्व साधारण मानिसहरूका लागि समेत अति आवश्यक र सर्व स्वीकार्य जिनिस वा भनौँ भाँडो भएको छ । यसरी आधुनिक जमानासँगै आएको फेसबुक, इन्स्टाग्राम, ट्विटर, मेसेन्जर लगायत अन्य सामाजिक सञ्जालहरूको महत्व बढेसँगै यसको नकारात्मक असर जोखिम पनि बढ्दो क्रममा छ ।

फेसबुक, इन्स्टाग्राम, ट्विटर, मेसेन्जर, इमो लगायत अन्य सामाजिक सञ्जालको प्रयोग गरेर धेरै अपराधजन्य काम, आर्थिक प्रलोभनमा पारेर परेर ठगिने, यौन हिंसा, महिला हिंसा, एटिएमको माध्यमबाट पैसा चोरी लगायत अन्य अपराधहरूको ग्राफ पनि विश्वका अधिकांशमा बढ्दो क्रममा रहेको देखिन्छ।

त्यसैले नेपालले पनि विश्वका केही देशहरूले जस्तै चीन, साउदी अरब, क्युबा, उत्तर कोरिया आदि देशहरू आफ्नो देशका नागरिकहरूले फेसबुक, इन्स्टाग्राम, ट्विटर, मेसेन्जर, इमो लगायत अन्य सामाजिक सञ्जाल प्रयोग गर्दा वा सुरुमै एकाउन्ट खोल्दा नै उनीहरू जो कोही होस्, जथाभाबी रूपमा खोल्न नदिने नीति लिनुपर्ने देखिन्छ ।

जस्तै फेसबुक, इन्स्टाग्राम, ट्विटर, मेसेन्जर, इमो आदि सामाजिक सञ्जालहरू खोल्दा, सामाजिक सञ्जाल खोल्ने कुनै पनि मान्छेको नागरिकता प्रमाणपत्र नम्बरको आधारमा, राष्ट्रिय परिचयपत्रको आधारमा, नाबालकहरूका हकमा जन्म दर्ता नम्बरको आधारमा र, विदेशमा रहेकाहरूका हकमा (नयाँ खोलेमा) पासपोर्ट नम्बरको प्रविष्टिको आधारमा मात्रै खुल्ने व्यवस्था लागू गर्नुपर्ने देखिन्छ ।

साथै फेसबुक, इन्स्टाग्राम, ट्विटर, मेसेन्जर, इमो लगायत अन्य सामाजिक सञ्जाल खोल्ने मान्छे वा भनौँ व्यक्तिको देश जुन हो त्यही देशको अन्तर्राष्ट्रिय कोड लेख्नुपर्ने, अन्यथा कुनै पनि सामाजिक सञ्जाल नखुल्ने व्यवस्था पनि कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ ।

त्यति मात्रै होइन, सामाजिक सञ्जाल खोल्ने सम्बन्धित व्यक्तिको फिगंर प्रिन्ट र सक्कली फोटो टाँस गरेपछि मात्रै फेसबुक, इन्स्टाग्राम, ट्विटर, मेसेन्जर, इमो आदि सामाजिक सञ्जाल खुल्ने र, एक व्यक्तिले एक भन्दा बढी पटक फेसबुक, इन्स्टाग्राम, ट्विटर, मेसेन्जर, इमो आदि ‘सामाजिक सञ्जाल खोल्नै नपाउने !’ व्यवस्था गर्नुपर्ने देखिन्छ ।

साथै कुनै व्यक्ति, समूह, सङ्घ, संस्था, राजनीतिक दल आदिले फेसबुक लगायत सामाजिक सञ्जालमा पोस्ट गरेको लेख, रचना वा अन्य कुनै पनि सामग्री आफूलाई मन परेन भन्दैमा पढ्दै नपढीकन जथाभाबी कमेन्ट गर्ने, गालीगलौज गर्ने, आमाचकारी भन्ने, अन्टसन्ट भन्ने, डिस लाइक गर्ने !, जे पायो त्यही चित्र राख्ने, सराप्ने गरेको छ भने त्यस्तो कमेन्ट, गालीगलौज, आमाचकारी गाली, सरापहरू अटोमेटिकल्ली अपलोड नै नहुने व्यवस्था पनि गर्नुपर्ने देखिन्छ ।

त्यसका लागि नेपाल सरकारको सम्बन्धित निकायले (जस्तै नेपाल सरकार, सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले सीधै गर्ने कि ? सूचना विभागले गर्ने कि ?, प्रेस काउन्सिलले गर्ने ?) निर्णय गरी हाल्नुपर्ने देखिन्छ । त्यसैले यस सम्बन्धमा नेपाल सरकारले चाँडै नेपालस्थित फेसबुक, इन्स्टाग्राम, ट्विटर, मेसेन्जर, इमो आदि सामाजिक सञ्जालका सम्पर्क कार्यालय वा विदेशस्थित कार्यालयमा सीधा सम्पर्क गरेर यस विषयमा कदम चाली हाल्नुपर्ने देखिन्छ ।

यसो गर्न सकेमा सामाजिक सञ्जालको प्रयोग गरेर हुने अपराधजन्य काम, ‘हनी ट्याप’ सुन्दर युवती प्रयोग गरेर गर्ने ठगी, ठगी, यौन हिंसा, महिला हिंसा, पैसा चोरी एटिएम कार्डको पिन नम्बर पत्ता लगाएर वा अन्य प्रविधि प्रयोग गरेर कुनै पनि मान्छेको पैसा झिक्ने काम गर्ने गैर कानुनी काम धेरै हदसम्म रोक्न सकिन्छ भने, सामाजिक सञ्जाल खोल्दा कुनै पनि मान्छेको नागरिकता प्रमाणपत्र नम्बर वा, राष्ट्रिय परिचयपत्र, नाबालकहरूका हकमा जन्म दर्ता नम्बर र, विदेशमा रहेकाहरूका हकमा (नयाँ खोलेमा) पासपोर्ट नम्बर प्रविष्टिको आधारमा, अनि आफ्नो देश जुन हो, त्यही लेख्नुपर्ने, सम्बन्धित व्यक्तिको फिगंर प्रिन्ट र सक्कली फोटो टाँस गरेपछि मात्रै सामाजिक सञ्जाल खुल्ने र, एक व्यक्तिले एक भन्दा बढी पटक खोल्नै नपाउने व्यवस्था गर्न सकेमा हाल भई रहेको महिला हिंसा, पुरुष हिंसा, यौन हिंसा, अपराध कार्य, आर्थिक ठगी र जथाभाबी गालीगलौज गर्ने लगायतका कार्यहरू लगभग ९५-९६ देखि ९७-९८ प्रतिशतसम्म घट्न सक्छ !

अहिले त मान्छेहरूले जे पायो त्यही नाममा, फोटो पनि नक्कली तस्बिर राखेर सामाजिक सञ्जाल खोल्ने गरेका छन् । त्यस्तै देश पनि कोहीले अमेरिका, कोहीले कोहीले बेल्जियम, रुस, कोहीले युके, कोहीले मलेसिया, कोहीले जापान, कोहीले कोरिया आदि आफूmलाई जुन मन लाग्यो, जुन पायो राखेका छन् ।

यस्तो कार्यले गर्दा नेपालमा अपराध कार्य, हनी ट्याप, आफूलाई मन नपरेको मान्छेले पोस्ट गरेको लेख, रचना वा अन्य कुनै पनि सामग्री पढ्दै नपढीकन जथाभाबी कमेन्ट गर्ने, गालीगलौज गर्ने, आमाचकारी भन्ने, डिस लाइक गर्ने, जे पायो त्यही चित्र राख्ने, सराप्ने लगायतका कामहरू गर्न धेरै सजिलो भएको छ ।

कतिले त आफ्नो काम फत्ते भएपछि आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, मेसेन्जर, इमो नै सँधैको लागि बन्द गरेर फेर अर्को, फेरि अर्को..., फेरि ..., खोल्ने गरेका छन् । त्यसैले सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा वा सुरुमै एकाउन्ट खोल्दा नै उनीहरू जो कोही होस्, जथाभाबी रूपमा खोल्न नदिने नीति लिनुपर्ने देखिन्छ ।

आजकाल जर्नल, पत्रपत्रिका, अनलाइन, ज्ञानगुन र जीवनमा केही न केही सिक्न सकिने सञ्चारका अन्य माध्यममा भने खासै आँखा नजाने हाम्रो बानी बसेको छ । तर, जो कोहीले आजभोलि फेसबुकमा भने यसो आँखा लगाउँदा रहेछन् । त्यसैले अबका दिनमा जथाभाबी नक्कली नाममा फेसबुक आइडी लगायत अन्य सामाजिक सञ्जाल खोल्न दिने कार्यलाई जति सक्दो चाँडो रोकेर हालको खुकुलो प्रावधानलाई कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ ।

अन्यथा जथाभाबी नक्कली आइडी लगायत अन्य सामाजिक सञ्जाल खोलेर आफूलाई मन नपरेको कुनै मान्छे, सङ्घ, संस्था, राजनीतिक दल, तिनका नेता, देशका कार्यकारी प्रमुख, राज्यका प्रमुखलाई समेत सिकार बनाउने कार्य गरिरहने छन् भने, कसैले पोस्ट गरेको लेख, रचना वा अन्य सामग्री पढ्दै नपढीकन जथाभाबी गालीगलौज र कमेन्ट गर्नेहरूको त कुरै नगरौँ ।

त्यसैले अब एक व्यक्तिले जिन्दगीभरिमा ‘एउटा मात्रै फेसबुक आइडी खुल्ने/दर्ता हुने !’ व्यवस्था चाँडै लागू गर्नुपर्ने देखिन्छ । अन्यथा एकै व्यक्तिले अनेक नाममा ‘हजारौँ नक्कली फेसबुक आइडी’ खोलेर ... गरी रहने छन् ।

किनभने राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत देशका ठुलाबडा र प्रतिष्ठित भनिने र गनिने व्यक्तिहरूका लागि त जसले जुनसुकै नाममा वा भनौँ नक्कली नाममा फेसबुक लगायत सामाजिक सञ्जाल खोलेर जसरी, जहाँ बसेर छेडखानी गरे तापनि, गालीगलौज गरेता पनि, उनीहरूका विरुद्ध अनेकथरिको भिडियो, चित्र आदि बनाएर पेस्ट गरेता पनि प्रहरी प्रशासनले धुईँ पत्ताल खोजी गरेर तुरुन्तै पत्ता लगाई पक्राउ गरे कानुनी कारबाही गर्न सक्छ । तर, हामी जस्ता राजनीतिक, प्रशासनिक, प्रहरी प्रशासनका हाकिम आदिसँग उठबस र चिनचान नभएका सर्वसाधारणहरुले त टाउकामा हात लाएर बस्नु रिसको पारो चढेर आप्नो आयु घटाउनु बाहेक अन्य कुनै उपाय नास्ति !? ...

ninam-kulung-mangale

थप जानकारी : ९८४९९८५९९७, ९८६२४३६०४९, Email  : ninamkirat 123@gmail.com