झापा : झापाको बिर्तामोड ३ बाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ वर्षीय भिमराज राई र पथरी-१ का ३२ वर्षीय अनुप सुब्बा लिम्बु रहेका छन् ।

हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउन सुगर फेला पारी बरामद गरेको हो ।

पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउन सुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाई समेत पक्राउ गरी दुवै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ।