धरान :  प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना सङ्क्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा १८, शिवसताक्षी र कनकाईमा १५-१५, अर्जुनधारामा १२, दमकमा ७, भद्रपुर र गौरादहमा ५-५, मेचीनगरमा ८, झापा गाउँपालिका र कमल गाउँपालिकामा ३-३, हाल्दिबारी, बुद्धशान्ति र कचनकवलमा १-१, सुनसरीको इटहरीमा २७, धरानमा ७, वराहक्षेत्रमा २, इनरुवा र रामधुनीमा १-१, मोरङको विराटनगरमा १७, उर्लाबारीमा ६, सुन्दहरैचामा ३, बेलबारी, पथरीशनिश्चरे र ग्रामथानमा २-२, रतुवामाईमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३६ महिला र १४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।