धरान : धरान-१६ मा रहेको जेनिथ सेकेण्डरी बोर्डिङ स्कुलको मेधावी छात्रा प्रकृति डाँगी र छात्र स्वाभिमान जवेगु शान्तिको लागि दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल युथ समिटमा विश्व शान्तिको लागि आफ्नो भूमिका सम्बन्धी सोधिएका विविध प्रश्नको उतरको आधारमा छानिएका छन् ।

सेप्टेम्बर २१ मा अन्तर्राष्ट्रिय शान्ति दिवसको रूपमा विश्वभर शान्तिको कामना सहित विविध कार्यक्रमहरू गर्ने प्रचलन रहिआएको छ । विद्यालय, समुदाय, राष्ट्रिय र विश्वस्तरमा विश्व शान्तिकोलागि विभिन्न कार्यक्रमहरू गरि प्रतिबद्धता जाहेर गर्ने गरिन्छ ।

नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय विद्यार्थी दुतको रूपमा सो दिन न्युयोर्क राज्यको स्थानीय समय अनुसार बिहान ९ बजे देखि ११ः ३० बजेसम्म सहभागिता जनाउने अमेरिका स्थित बन्सटिङ्गल लिडरसिप डेप्लोमेन्ट वर्डवाईडका अन्तर्राष्ट्रिय युथ लिड्रसिप विज्ञ प्रोफेसर जोन जे बन्सटिङ्गलले जानकारी दिएको सो विद्यालयका भाइस प्रिन्सिपल पूजा ताम्राकार जवेगूले बताए ।

विश्वभरबाट कक्षा सात देखि १२ कक्षा सम्मका १२ देखि अठार वर्ष उमेर समूहका नेपाल, भारत,चाइना,हङ्गकङ्ग,क्यानडा,टयुनिसिया,जर्जिजिया,संयुक्त अरब इमिरेटस्,थाईलेण्ड र अमेरिका लगायतका २० जना युवायुवती विद्यार्थीहरू छानिएर सहभागिता जनाउने अमेरिका स्थित आयोजक बन्सटिङ्गल लिडरसिप डेप्लोमेन्ट वर्डवाईडका जेले बताए । सह आयोजक भने पिस एजुकेसन नेटवर्क नेपाल पनि रहेको प्रिन्सिपल सुमन जवेगुले बताए ।