धरान : यमाहा मोटरसाइकलको 'महा एक्सचेन्ज मेला' धरानमा आइतबार देखि सुरु भएको छ ।

धरानको छाताचोकमा सुरु भएको मेला असोज २२ गते सम्म जारी रहने कम्पनीले जानकारी दिएको छ। मेलामा विभिन्न कम्पनीका मोटरसाइकलसँग यमाहाको नयाँ मोटरसाइकल एक्सचेन्ज गर्न सकिने यमाहा मोटरसाइकलका आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले बताए ।

मोटरसाइकल एक्सचेन्ज गर्दा मुल्याङकन गरिएको मोटरसाइकलको मूल्यमा १० हजार थप गरेर एक्सचेन्ज गर्न सकिने बताइएको छ । २ लाख ६ हजार ९ सय रुपैयाँ देखि ५ लाख ४९ हजार ९ सय रुपैयाँ सम्मका १९ प्रकारका यमाहाका मोटरसाइकल मेलामा उपलब्ध रहेका छन् ।

Yamaha-2

मोटरसाइकल खरिदमा फाइनान्सको पनि सुविधा रहेको छ। ३० प्रतिशत डाउन पेमेन्टमा १०.४८ प्रतिशत व्याजदरमा २ बर्षे  र ५० प्रतिशत पेमेन्ट गरेर खरिद गर्दा १८ महिने शून्य प्रतिशत व्याददरमा फाइनान्सको सुविधा रहेको पनि विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले बताए । मेलाको पहिलो दिन १५ वटा बाइक र स्कुटर विक्री भएको खतिवडाले बताए ।

यमाहाले साप्ताहिक रुपमा १ जनालाई ४ तोला सुनको सामग्री र चाडपर्वको अवसरमा दसैँ, तिहार र छठ पर्वको अवसरमा १ जनालाई १२ तोला सुनको ३ वटा तास उपहारमा पर्ने जनाइएको छ ।

यो उपहार देशभरिबाट छनौट हुनेछ । यसै गरी जुनसुकै मोडलको मोटरसाइकल खरिद गर्ने ग्राहकहरूलाई यमाहाले ८ हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्मको स्क्र्याच अफर पनि राखेको छ ।

Yamaha-3