धरान : धरान-८ बरगाछीमा रहेको देव मोटर्स होण्डा शोरुममा भइरहेको एक्सचेन्ज महोत्सवमा स्कुटर एक्सचेन्ज गर्दा बिहीबार एक भाग्यशाली ग्राहकले नगद ५० हजार प्राप्त गरेकी छिन ।

महोत्सवको सातौँ दिन बिहीबार धरान-१७ की उर्मिला राईले स्क्रयाच कुपनबाट नगद रु.५० हजार प्राप्त गरेको सोरुमका सञ्चालक देवेन्द्र कुँवरले जानकारी दिए । राईले डियो स्कुटर खरिद गर्दा उक्त रकम हात पारेकी हुन।

सञ्चालक कुँवरका अनुसार राईले २ लाख १९ हजार ९ सय पर्ने डियो स्कुटर पुरस्कारको रकम घटाएर मात्र १ लाख ६९ हजार ९ सयमा स्कुटर चढ्न सफल भएकी हुन। बडा दसैँको अवसर पारेर असोज १५ गते देखि सञ्चालित महोत्सव ग्राहकहरूको अधिक मागका कारण २ दिन थप गरी असोज २३ गते शनिवार सम्म सञ्चालन हुने समेत कुँवरले बताए।

महोत्सवमा भर्खरै बजारमा भित्रिएको होण्डा कम्पनीको १२५ सिसी ग्राजिया स्कुटर सबै भन्दा धेरै बिक्री भएको सोरुमले जानकारी दिएको छ। होण्डा कम्पनीमा पहिले स्पोर्टस लुक भएको ११० सिसीको डियो स्कुटर मात्र भएकोमा अहिले ग्राजिया समेत रहेको कुँवरले बताए । ग्राजियामा फ्युल इन्जेक्सन प्रविधि रहेको जसको कारण तेलको बचत हुने कुँवरले जनाए । यस्तै, ग्राजियाको अन्य विशेषतामा किल स्विच, आवाज रहित सेल्फ स्टार्ट, स्ट्यान्ड सेन्सर र डिकी भन्दा बाहिर फ्युल ट्याङ्क रहेको उनले जानकारी दिए ।

महोत्सवको सातौँ दिन सम्ममा ५० वटा भन्दा बढी सवारी बिक्री गरिसकेको जसमा एउटा ३५० सिसीको हाइनेस मोटरसाइकल समेत बिक्री भएको कुँवरले जानकारी गराए । एक्सचेन्ज महोत्सवमा सहभागी ग्राहकहरू मध्ये नेपाल अधिराज्यभरबाट बम्परमा लक्की ड्र मार्फत १ जना भाग्यशाली ग्राहकले १५ लाख जित्न सकिने र ७ प्रदेशमा १–१ जना ग्राहकले जनही १-१ लाख नगद पाउने समेत उनले जनाए ।