धरान : पर्यटकीय नगरी धरानमा पुनः गतिविधि सुरु हुन थालेको छ । धरानकै प्रतिष्ठित सेछ एडभेन्चरले कोभिड १९ को दोस्रो भेरीयन्ट पछि पर्यटन गतिविधि खुल्ला गरेको हो । लामो समय थला परेको पर्यटन गतिविधि पुनः सुचारु हुन थालेको हो ।

कोरोना महामारीको कारण अस्तव्यस्त बनेको पर्यटन क्षेत्र चलमलाउन सुरु गरेको छ । धरानमा नमुना पर्यटकीय गतिविधि गर्दै आएको सेछ पार्क बिहीबारबाट खुल्ला गरिएको छ । धरानको चिण्डे डाँडाका अवस्थित पार्कमा स्काई साइक्लीङ्, जिप फ्लाईङ, हेङ्गिङ ब्रिज पुन सञ्चालनमा आएको हो ।

धरानको जिरो प्वाइन्ट बाट ४ किलोमिटर पश्चिममा पर्ने पार्क धरानको अवलोकन तथा मनोरञ्जन गर्न पारिवारिक गन्तव्य मानिन्छ ।

पार्कका सञ्चालक वासुदेव बराल पर्यटन क्षेत्र भर्खरै तङ्ग्रिन लागकाले स्थानीय सरकारले चासो दिनुपर्ने बताउँछन्। लामो समय घाटा बेहोरेको पर्यटन व्यवसायमा अब नयाँपन आउने उनको भनाई छ।