धरान : सुजुकीको 'दसैँ आयो, उमङ्ग छायो' अफर अन्तर्गत धरान-८ की पूजा ताम्राकारले स्कुटर सुजुकीको एक्सेस स्कुटर खरिद गर्दा मोटरसाइकल उपहार पाएकी छिन् ।

नवदुर्गा अटो प्यालेसबाट यही असोज ११ गते सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी ताम्राकारले लक्की ड्र कुपनमार्फत उनले मोटरसाइकल उपहार पाएका हुन्। नवदुर्गा प्यालेसका सञ्चालक दुर्गा भुजेलका अनुसार देशभरिबाट सुजुकीको स्कुटर र मोटरसाइकल खरिद गरेका ग्राहकहरूमध्ये लक्की ड्र कुपन मार्फत हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने गर्छन् ।

त्यसैअन्तर्गत शुक्रवार गरिएको लक्की ड्रमा नवदुर्गाबाट स्कुटर खरिद गरेकी ताम्राकारले मोटरसाइकल उपहार पाएकी हुन् । धरानका सामाजिक अभियन्ता निश्चल पलिखेकी श्रीमती पूजा ताम्राकारले लक्की ड्र मार्फत उपहार पाएको मोटरसाइकल शनिवार नवदुर्गा अटो प्यालेसले पलिखे दम्पत्तीलाई प्रदान गरेको छ ।

अटो प्यालेसमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरे, नव दुर्गाका प्रोप्राइटर दुर्गा भुजेल लगायतले पलिखे दम्पत्तीलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका थिए ।

नवदुर्गाका प्रोप्राइटर भुजेलका अनुसार २ लाख ६३ हजार ९ सयको स्कुटर खरिद गर्दा पलिखे दम्पतीले ३ लाख २९ हजार ९ सयको इन्टुडर मोटरसाइकल उपहार पाएका हुन्। यो मोटरसाइकल १५० सिसीको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्ने पनि उनले बताए ।