चतरा : अखिल नेपाल फुटबल सङ्घ एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नं १ का अध्यक्ष किशोर राईले वराहक्षेत्रमा फुटबल सामाग्री प्रदान गरेका छन् । नेपाली काँग्रेस धरानका पूर्व सभापति समेत रहेमा किशोरले वराहक्षेत्र-७ तित्रिगाछिमा रहेको फुटबल क्लबलाई ५ थान फुटबल, नेट, फ्याल, चेन्जिङ्ग बोर्ड र नगद १० हजार रकम प्रदान गरेका हुन् ।
तित्रिगाछि स्थिति महेन्द्र माविको खेलमैदानमा ६ गतेबाट सञ्चालन हुने जिल्ला स्तरीय फुटबल प्रतियोगिताकालागि किशोर राई खेलमैदानमै पुगेर आयोजक क्लबका पदाधिकारीहरूलाई खेल सामाग्री र नगद हस्तान्तरण गरेका थिए।
उक्त कार्यक्रममा बोल्दै किशोर राईले प्रतियोगितालाई नाफामुखी बनाउन जोड दिएका थिए । उनले प्रतियोगितालाई निरन्तरता र किशोरहरूलाई फुटबलमा आकर्षण गराउन फुटबल क्लब लाग्नु पर्ने बताए ।
उक्त खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस वराहक्षेत्र सभापति रमेश कार्की, सङ्घ सुनसरी सभापति सन्त राई, नेपाली काँग्रेस धरान निवर्तमान उपसभापति महेन्द्र तामाङ, दलित सङ्घ सुनसरी सचिव विजय आछमी, दलित सङ्घ धरान सभापति गणेश परियार, वराहक्षेत्र तरुण दलका सभापति पवन राई, नेपाली काँग्रेस वराहक्षेत्रमा नेता माधव सुबेदी, दीपक मगर, खगेन्द्र दाहाल, लक्ष्मण थापा, अनिल थापा लगाए नेताहरूको उपस्थिति रहेको थियो ।


































































